प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

बुधबार, २८ फागुन २०८१
काठमाडौं । निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेको छ । बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेको हो । सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए । उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो । राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो । जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो ।’ त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए । उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस् । पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं । हामीसँग विभिन्न मुद्दाहरु छन् । किन्ने सामानहरुमा बढि कर तिरेको छौं । त्यसबारे सरकारमा कुरा राख्नेछौं । पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो । हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ । भन्ने पहिलो मुद्दा हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार