काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका -१ का कुसाङ सुन तस्करीमा २०७३ सालमा पक्राउ परेर पाँच वर्ष जेल जिवन बिताई ७८ मा छुटेका थिए ।
त्यसबेला उनी ७ किलो सुन सहित पक्राउ परेका थिए। त्यसपछि उनी फेरि सुन तस्करीमा नै सक्रिय रहेको खुलेको छ।
उनी गएराति करोडौं रकमसहित पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति उनलाई पक्राउ गरेको हो ।
ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले बताए ।
प्रतिक्रिया