झापामा श्रीमतीको हत्यापछि आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास

मंगलबार, १२ चैत्र २०८१
झापा :  झापामा श्रीमतीको हत्यापछि एक पुरुषले आफ्नै घाँटी रेटेका छन् । जिल्लाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी ती पुरुषले आफ्नै घाँटी रेटेका हुन् । स्थानीय ४० वर्षीय लालबहादुर मग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरेका हुन् । दम्पतिबीच घरझगडा हुँदा श्रीमतीको हत्या गरी आफ्नो घाटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाँटी रेटेर लालबहादुर घाइते भएका छन् । लालबहादुर ओछ्यानमै घाइते अवस्थामा सुतिरहेको र श्रीमती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । हाल लालबहादुरलाई प्रहरीको निगरानीमा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार