तीनकुने घटना : थप १२ जना हाजिर जमानीमा रिहा,२५ जनामाथि थप अनुसन्धान हुँदै

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ : काठमाडौँको तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्।

चैत १५ गते तीनकुनेमा तोडफोड,आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।

१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो। त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए। योसँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो।

प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेकाहरूलाई बयान सकेर हाजिर जमानीमा छाडेको भए पनि राज्यविरुद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन। राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरुद्धको कसुरमा अनुसन्धान भएको थियो।

स्वास्थ्य उपचारका लागि उनलाई पनि हाजिर जमानीमा राखिएको थियो। उनी भारतमा उपचार गरी नेपाल फर्किसकेका छन्। रवीन्द्र मिश्र, दुर्गा प्रसाईँ उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार