‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शनिबार, २७ बैशाख २०८२

काठमाडौं : नबिल बैंकले नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नु पर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त छ । ”बाई नाउ पे लेटर” मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम नि:शुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यसका लागि बैंकको वेबसाइटमा गएर पनि अनलाइन आवेदन दिन सकिने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार