उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
फागुन २५ गते दिउँसो प्र १-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६५ बर्षीया टिका माया कार्कीलाई ठक्कर दिएको थियो । घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल चालक रौतामाई गाउँपालिका ७ का २२ बर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया