हर्मित सिंहको अर्धशतकले सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरमा बुधबार टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले खराब सुरुआतपछि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीको संयमित तथा आक्रामक साझेदारीमा इनिङ उकास्यो।
सुदूरले ओपनरहरूलाई सुरुआती ओभरमै गुमाएपछि दबाब बढेको थियो। तर हर्मितले २० बलमा ५३ रन र ऐरीले ३९ रन योगदान दिएपछि टिम २० ओभरमा १४७ रनसम्म पुगेको हो।
काठमाडौँ गोर्खाजका कप्तान करण केसीले चार विकेट लिँदै बलिङतर्फ चम्किए भने मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई–दुई विकेट लिए।
काठमाडौँले यसअघि जनकपुर बोल्ट्सलाई हराउँदै उत्कृष्ट सुरुआत गरेको छ।
प्रतिक्रिया