बाराको घटनापछि सुदन गुरुङले दिए सरकार ढाल्ने चेतावनी, केहीबेरमा भिडिओ सन्देश जारी गर्ने

बुधबार, ०३ मंसिर २०८२

काठमाडौं । हामी नेपालका संयोजक तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले बारामा जेनजी युवाहरुमाथि राज्यले दमन गरेको भन्दै भोलिबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बाराको सिमरामा युवाहरुले प्रदर्शन गरेको बेलामा सरकारले दमन गरेको भन्दै उनले सरकार संयमित नभए भोलिबाट निर्णायक आन्दोलन गर्नेसम्मको तयारी गरेका छन् । एमाले नेताहरु शंकर पोखरेल र महेश बस्नेत सिमारा जाने भएपछि जिल्लाका जेनजी युवाहरुले विमानस्थलबाहिर प्रदर्शन गरेका थिए ।

उनीहरुको प्रदर्शन आक्रामक बनेपछि काठमाडौंबाट उडिसकेको विमान पूनः काठमाडौं फकाईएको थियो । जहाजमा सँगै रहेका मानवअधिकारकर्मी राजन कुँईंकेलले यसबारेमा भिडिओसमेत बनाएका छन् । बाराको आजको घट्नापछि सुदन गुरुङ सरकारप्रति आक्रामक बनेका छन् ।

उनले सरकारको कदम सही नभएको भन्दै अब विकल्प खोज्नुपर्नेसम्म हुनसक्ने भन्दै आक्रोश पोखेका छन् । उनले सार्वजनिक रुपमै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिसकेका छन् । हिजोमात्रै पनि उनले अहिलेका गृहमन्त्री अर्यालसँग युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरुलाई समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट नदेखिएको टिप्पणी गरेका छ्न ।

उनले लेखेका थिए,‘कलिला युवाहरुको रगत, पसिना र बलिदानीको बलमा खोक्रो भाषण दिने गृहमन्त्रीको कुर्सीमा बसेर उनीहरुलाई न्याय दिन्छु भन्ने र त्यही कुर्सीको बलमा ती युवाहरुलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन पर्खिन नपर्ने रहेछ ।

तर, शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउदै हिँडिरहेको छ । र, त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?’ उनले न्इाय खोजिरहेका मृत्तक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भएमात्र चुनाव सम्भव रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार