काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी आन्दोलनको भावनाविपरीत रहेको टिप्पणी गरेका छन्। बुधबार एक्समार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै महामन्त्री शर्माले यसरी निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन्।
‘सिमरा घटना दुःखद! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण,’ विश्वप्रकाशले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?’
सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने पनि शर्माले टिप्पणी गरेका छन्। ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं,’ शर्माले लेखेका छन्।
बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा सहभागी हुन हवाई मार्गमार्फत सिमरा विमानस्थल जाँदै थिए। उनीहरूलाई रोक्न जेनजीको नाममा सिमरा विमानस्थलमा नाराबाजी भएको थियो। जसको प्रतिरोधमा एमाले कार्यकर्ता उत्रिँदा तनावको स्थिति बनेको छ।
स्थानीय प्रशासनले त्यहाँ अहिले कफ्र्यु लगाएको छ।
प्रतिक्रिया