रामधुनी खोलामा डुबेर एकजनाको मृत्यु, एक जनाको जीवितै उद्धार

बुधबार, ०३ मंसिर २०८२

इटहरी । सुनसरीको रामधुनीस्थित खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई तीर्थालुमध्ये एकजनाको मृत्यु भएको छ भने अर्का एक जना जीवितै उद्धार गरिएको छ। बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालु बिहान खोलामा पसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब २ः३० बजे तीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैंचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराई खोलाले बगाएपछि घटनास्थलबाट केही तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भिमराज काफ्लेलाई खोलाले बगाउँदै लगिरहेको अवस्थामा प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्याएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनलाई दिउँसो डिस्चार्ज गरिएको प्रवक्ता खड्काले बताए।

इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले भने पानीको वेग बढेपछि केही समय संघर्ष गर्दै आफैं किनारामा निस्किन सफल भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार