कोशीमा सुरक्षा तयारी कडा, मुख्यमन्त्री कार्कीको उपस्थितिमा उच्चस्तरीय समिति बैठक

बुधबार, ०३ मंसिर २०८२

विराटनग : आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले कोशी प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थामाथि विस्तृत समीक्षा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थिति रहेको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको अध्यक्षतामा बसेको बैठकमा हाल देखिएका सुरक्षा चुनौती, प्रदेशभरको कानून–व्यवस्था र आवश्यक सुरक्षात्मक तयारीबारे छलफल गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। बैठकले प्रदेशमा शान्ति–सुरक्षा सुदृढीकरणका लागि सुरक्षा निकायहरूबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेको बताइएको छ।

बैठकपछि हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई मुख्यमन्त्री कार्कीले विदाइ गर्दै उनको सेवाकालीन योगदानको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार