सिमरा घटनामा जेनजी फ्रन्टको आपत्ति

बुधबार, ०३ मंसिर २०८२

बाराको सिमरामा नेपाल जेनजी फ्रन्टका शान्तिपूर्ण कार्यक्रममा सहभागी कार्यकर्तामाथि नेकपा (एमाले) का केही कार्यकर्ताद्वारा कुटपिट भएको घटनाप्रति फ्रन्टले आपत्ति जनाएको छ। बुधबार जारी विज्ञप्तिमा फ्रन्टले संविधानले दिने शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्ने क्रममा आफ्ना युवामाथि भएको आक्रमण खेदजनक रहेको जनाएको छ।

भदौ २३ को घटनाको स्मरण गर्दै फ्रन्टले शान्ति–सुव्यवस्था बिगार्ने गतिविधि तत्काल रोकिने माग गरेको छ। साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
फ्रन्टले आफ्ना कार्यकर्तालाई पुराना दलहरूको उक्साहटमा नपर्ने र संयमता अपनाउने अपिल गर्दै विद्रोहको जनादेशलाई मतादेशमार्फत संस्थागत गर्नुपर्ने कुरा पनि जोड दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार