म्यानमारमा ठगीमा परेका ३७ नेपाली थाइल्याण्ड हुँदै स्वदेश फर्काइए

बुधबार, ०३ मंसिर २०८२
सांकेतिक फाईल

काठमाडौँ : आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ। विभिन्न माध्यमबाट म्यानमार पुर्याइएर अवैध ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टोसम्बन्धी ठगी कार्यमा लगाइएका उनीहरू स्क्याम केन्द्रमा म्यानमार सुरक्षा निकायको छापा परेपछि भागेर थाइल्याण्ड पुगेका थिए।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको सहकार्यमा उनीहरूलाई उद्धार गरी नेपाल एयरलाइन्सको उडान आरए–४०२ मार्फत स्वदेश फर्काएको हो। म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई तथा कम्बोडियामा रहेका चार नेपालीलाई पनि यथाशक्य छिटो स्वदेश फर्काउने प्रक्रियामा स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको दूतावासले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा भ्रमण वा छिटो धेरै कमाइको प्रलोभन देखाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका मुलुकमा नजान र सरकारले तोकेको विधि–प्रक्रियामार्फत मात्र श्रम स्वीकृति लिएर विदेश जान राजदूतावासले सबै नेपालीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार