इटहरी : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–०७, सोमबारेमा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। हिजो आइतबार राति १०ः१५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले २५ वर्षीय धिरज राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, राईले लागू औषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरी टोलीले राईको शरिर खानतलासी गर्दा पाइन्टको गोजीमा लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने दुई ग्राम तीन सय पचास मिलिग्राम पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया