काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ९० हजार ५०० रुपैयाँमा करोबार भएको सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।
हिजो १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया