धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ

सोमबार, २९ बैशाख २०८२

रौतहट । धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक  सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

साम्प्रदायिक सद्भावमा असर पुर्‍याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षीय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

साम्प्रदायिक सद्भावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले  भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारबाही गर्न यहाँका अगुवाहरूले माग गरेका थिए ।

प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्र मणि गिरीले सामाजिक सञ्जालमा सद्भाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।

यस विषयमा आवश्यक अनुसन्धान गरेर आवश्यक कानुनी कारबाही गरिने उनले जानकारी दिए । धार्मिक सद्भाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार