पंजाव : भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । भारतको पंजावस्थित अमृतसरको एउटा गाउँमा गएराति बिषाक्त मदिरा सेवन उनीहरुको मृत्यु भएको हो ।
पंजाव प्रहरीका अनुसार घटना जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको र बिषाक्त मदिरा पिएका अन्य व्यक्तिलाई उद्धार गर्न सफल भएपनि १४ जनाको भने ज्यान गयो ।
पीडित परिवारका अनुसार उनीहरुका परिवारका सदस्य मदिरा पिउने बित्तिकै बान्ता गर्न थालेका थिए ।
मदिरा बेचबिखनमा संलग्न ५ जनालाई पक्राउ गरिएको पंजाव प्रहरीले जनाएको छ ।
पीडित परिवारका अनुसार अमसतसरका केही गाउँका नक्कली मदिरा बिक्रिी बितरण भइरहेको जानकारी प्रशासनलाई गराउँदा पनि वेवास्ता गरेको बताएका छन् ।
मदिरा सेवनबाट गम्भीर बनेको अन्य ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया