काठमाडौं । रुस र युक्रेनबीचको भीषण युद्धमा सहभागी भएका बैतडीको मेलौली नगरपालिका–९ का अर्जुनदत्त भट्टको मृत्यु भएको पुष्टि भएको छ। नेपाली सेनाबाट अवकाश पाएपछि रुसी सेनामा भर्ती भएर डेढ वर्षअघि रुस गएका भट्टको युद्धमै मृत्यु भएको उनका परिवारले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, भट्टसहित पछिल्लो समय थप २३ जना नेपालीको मृत्यु भएको छ। यससँगै रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीहरूको संख्या ७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।
भट्टसँगै मृत्यु हुने अन्य नेपालीमा दार्चुलाका ललितसिंह डोबल, नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर रहेका छन्।
त्यसैगरी, ठेगाना नखुलेका अन्य १० जना मृतकमा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन्।
परराष्ट्र मन्त्रालयका अनुसार, यी सबैको मृत्यु पुस ९ गतेयता भएको हो। यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ किनकि युद्धका कारण संचार सम्पर्क सीमित हुँदा विस्तृत जानकारी पाउन समय लागिरहेको छ।
प्रतिक्रिया