काठमाडौंका चार वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका चार वटा निजी विद्यालयमा छापा मारेको छ ।

काठमाडौं महानगरपालिका–१० मा रहेको रोजबड बोर्डिङ स्कुल, पाठशाला नेपाल फाउण्डेशन, वृहस्पति विद्यालय व्यवस्थापन प्राली र राय स्कूल काठमाडौंमा छापा मारेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर विद्यालयसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरूबाट शुल्क बढी लिने गरेको, तोकिएको पाठ्यक्रमभन्दा बाहिरको पाठ्यक्रम पढाउने, भौतिक पुर्वाधार लगायतका विषयमा जनगुनासो व्यापक रूपमा आएको भन्दै विभागले नीजि विद्यालयहरूको अनुगमनलाई तिब्रता दिएको हो ।

उनीहरूलाई तीनदिनभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यसअघि आईबी कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न विद्यालयहरूमा समेत छापा पारेर आवश्यक कागजात जफत गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार