१६ बर्षिया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

विहीबार, ०१ जेठ २०८२

काठमाडौं । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका–४, झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

केशरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार