पेट्रोल र डिजेलको मूल्य घट्यो

विहीबार, ०१ जेठ २०८२

काठमाडाैँ : नेपाल आयल निगमले शुक्रबार देखि लागु हुनेगरी पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो।

नयाँ मूल्यअनुसार 

काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५७ रुपैयाँ र डिजेलको १४२ रुपैयाँ

सुर्खेत र दाङमा पेट्रोल १५६ रुपैयाँ र डिजेल १४१ रुपैयाँ

अन्य स्थानहरूमा पेट्रोल १५४.५० रुपैयाँ र डिजेल १३९.५० रुपैयाँ कायम भएको छ।

निगमका अनुसार मूल्य समायोजन भारतीय आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा गरिएको हो।

पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँ घटेर आएको मूल्यलाई समायोजन गरिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार