सरकारी क्वार्टरमै मृत भेटिए छोराछोरी सहित एकै परिवारका चार जना

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित महासमुन्द जिल्लाको बागबहारामा रहेको एक सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ ।

एकै परिवारका चार जनाको शव फेला परेको हो । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

मृत फेला पर्नेमा पटेवा प्रहरी चौकीअन्तर्गत पर्ने चिरको गाउँका ४१ वर्षीय वसन्त पटेल, उनकी श्रीमती भारती पटेल, छोरी सेजल पटेल र छोरा कियांश पटेल छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार