सोलुखुम्बु : सोलुखुम्बु जिल्लामा बुधबार साँझ मध्यम दर्जाको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प सोलुखुम्बु जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेटमा गएको हो।
केन्द्रले भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको जानकारी दिएको छ। भूकम्पको धक्का सोलुखुम्बुका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ।
हालसम्म मानवीय क्षति वा संरचनागत क्षतिको विवरण आइसकेको छैन।
प्रतिक्रिया