झापामा जेनजी आन्दोलनका क्रममा फरार थुनुवा नियन्त्रणमा

मंगलबार, ०१ पुस २०८२

झापा : जेनजी आन्दोलनका क्रममा झापाबाट फरार भएका थुनुवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला झापा गौरादह न.पा.वडा न.१ घर भई इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षमा रहेको लागु औषध मुद्दाको थुनुवा वर्ष ३४ को शुसिल कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । 

थापालाई इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले निजकै घरबाट नियन्त्रणमा लिई दमकमा ल्याई राखी थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार