चलचित्र पत्रकारिता दिवस २०८२ मा पत्रकारहरूलाई सम्मान गरिँदै

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवस २०८२ को अवसरमा प्रदान गरिने चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। बुधबार बसेको संघको कार्यसमिति बैठकले पुरस्कार र सम्मान प्राप्त गर्ने व्यक्तिहरूको नाम चयन गरी सार्वजनिक गरेको हो।

संघद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ प्रदान गरिनेछ, जसको नगद राशी ५५ हजार ५५५ रुपैयाँ छ। त्यस्तै, पत्रकार जीवन पराजुली र वर्षा बस्नेतले जनही ५१ हजार रुपैयाँ राशीको चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गर्नेछन्।

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०२८ पत्रकार विष्णु प्रसाद सुवेदी र नरेन्द्र बस्नेत (कोशी) लाई प्रदान गरिनेछ। साथै, २५ हजार रुपैयाँ राशीको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रस्मी थापा र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार तुलसी प्रसाद निरौलालाई (कोशी) प्रदान गरिनेछ।

संघले यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेठ ७ गते इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्ने जनाएको छ। सो अवसरमा जेठ ७ र ८ गते "डिजिटल मिडिया र एआई" विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार