एडिलेडमा नेपाली सांगीतिक साँझ, एकदेव लिम्बू र समीर श्रेष्ठको विशेष प्रस्तुति

शनिबार, ०३ जेठ २०८२

अष्ट्रेलिया : अष्ट्रेलियाको एडिलेड शहरमा बसोबास गर्ने नेपाली समुदायका लागि एउटा विशेष सांगीतिक उपहार लिएर चर्चित नेपाली कलाकारहरू एकदेव लिम्बू (कला एक्स) र समीर श्रेष्ठ (गुड बोइज सहित) आउने भएका छन्। आगामी साउन १७ गते (जुलाई २ तारिख), लायन्स आर्ट फ्याक्ट्री मा हुने यो कार्यक्रम नेपाली संगीतप्रेमीहरूका लागि एक अविस्मरणीय साँझ बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली गीत–संगीतको प्रत्यक्ष प्रस्तुति, सशक्त स्वर र कलाकारहरूको ऊर्जा–पूर्ण प्रस्तुतीकरण रहने आयोजकहरूको भनाइ छ। साँझ ८ बजे सुरु हुने यो कार्यक्रम एसके इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट र रिज एन टीज को संयुक्त आयोजनामा सम्पन्न हुँदैछ भने, कलाकार व्यवस्थापनको जिम्मेवारी विश इन्टरटेन्मेन्ट प्रा.लि. ले लिएको छ।

ausatrilaa

नेपाली संगीत र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममार्फत अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच मेलमिलाप, आत्मीयता र सांस्कृतिक सम्बन्ध विस्तार हुने विश्वास गरिएको छ।

कार्यक्रमका लागि टिकट बिक्री खुला भइसकेको जानकारी दिँदै आयोजकहरूले समयमै टिकट सुनिश्चित गर्न आग्रह गरेका छन्। नेपाली संगीतको झल्को एडिलेडमा प्रत्यक्ष अनुभव गर्न इच्छुक दर्शकका लागि यो सुनौलो अवसर हुन सक्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार