हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला

मंगलबार, ०६ जेठ २०८२

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा १९ दिनअघि जमिनमुनि भासिएको माछा बोक्ने गाडीका केही पार्टपुर्जा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार ना ४ च ४८३३ नम्बरको गाडी वैशाख १९ गते जमिनमा अचानक भासिएको थियो, तर सुरुवाती खोजीमा कुनै अत्तोपत्तो लागेको थिएन।

गाडी खोज्न वैशाख २३ र जेठ २ गते भूगर्भ शास्त्र केन्द्रीय विभाग काठमाडौंको टोलीले सो क्षेत्रमा अध्ययन गरी माटो परीक्षण गरेको थियो।

परीक्षणपछि सतर्कता अपनाएर उत्खनन गर्न सकिने सुझाव आएपछि स्थानीय जनप्रतिनिधिहरूले क्रेन र स्काभेटरको सहयोगमा खोजी अभियान थालेका थिए। सोही क्रममा गाडीका केही पार्टपुर्जा फेला परेका हुन्।

अहिले पनि गाडीको बाँकी भाग पत्ता लगाउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार