काठमाडौं : प्रख्यात भारतीय फिल्म निर्देशक राम गोपाल वर्मा पुनः विवादमा तानिएका छन्।
हालै सार्वजनिक ‘वार २’ फिल्मको टिजरमा अभिनेत्री कियारा आडवाणीको बिकिनी लुकबारे दिएको अभिव्यक्तिपछि उनी सामाजिक सञ्जालमा व्यापक आलोचना सामना गर्नुपरेको हो।
‘वार २’ टिजरमा अभिनेता ऋतिक रोशन र जूनियर एनटीआरबीच रोमाञ्चक भिडन्त देखाइएको छ भने कियारा आडवाणीको ग्ल्यामरस बिकिनी अवतारले दर्शकहरूको ध्यान खिचेको छ।
वर्माले उक्त टिजरसँग जोडेर कियाराको बिकिनी लुक भएको तस्बिर सेयर गर्दै टिप्पणी गरे, “देश र समाजको सट्टा ऋतिक र जूनियर एनटीआर कियारा आडवाणीका लागि युद्ध गरिरहेका छन्। वार २ ब्लकबस्टर हुनेछ‘ यो निश्चित छ।”
उनको यस अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भयो। धेरैले वर्माको यो टिप्पणीलाई अनुचित, अपमानजनक र महिला कलाकारप्रतिको संवेदनशीलता नदेखिएको भन्दै विरोध जनाए।
केहीले भने, “उमेरसँगै वर्माको सोच झन खराब बन्दै गएको देखिन्छ।” कतिपयले उनलाई ‘लाज नमान्ने व्यक्ति’ भनेका छन्। यसपछि वर्माले आलोचनाको प्रभावमा आफ्नो उक्त ट्वीट हटाएका छन्।
प्रतिक्रिया