‘भ्वाइस किड्स’ को कोचमा प्रमोदको ठाउँमा सत्यराज

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौं: लोकप्रिय संगीतकर्मी सत्यराज आचार्य बालबालिकाहरुको गायनमा आधारित रियालिटी शो ‘भ्वाइस किड्स’ का कोच बनेका छन् ।

भ्वाइस किड्स सीजन ३ मा सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई तथा मिलन नेवार कोचका रूपमा रहेकोमा अहिले प्रमोद र छेवाङको ठाउँमा सत्यराज आचार्य र खेम सेञ्चुरी नयाँ कोचका रूपमा भित्रिएका हुन् । मेलिना र मिलनले भने चौथो सीजनमा पनि कोचका रूपमा निरन्तरता पाएका छन् ।

भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् । डिजिटल अडिसनबाट एक सय जना छनोट हुने र त्यसबाट पनि ८४ जना छनोट हुने जनाइएको छ । त्यस्तै एक जना कोचको समुहमा १२ जना प्रतियोगि हुनेछन् ।

भ्वाइस किड्स नेपालको छायांकन धुम्बाराहीस्थित भ्वाइसको सेटमा प्रारम्भ भैसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार