राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । आज (शुक्रवार) सातौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ । 

यस वर्ष आज ‘महिला अधिकारको सम्मान ः आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

वि.सं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा विशेष प्रस्तावहरू पारित भएको दिनको स्मरण गर्दै बर्सेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ ।

नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार