राष्ट्रिय सभामा विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ : अध्यक्ष दाहाल

आइतबार, २५ जेठ २०८२

काठमाडौं: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरूप अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार  उनले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्त्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए ।

अध्यक्ष दाहालले भने, ‘महत्त्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ । त्यो सभा छिटो चल्दिए हुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो ।’

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृत्तिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भने,  ‘राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतका साथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन् ।’ 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार