काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्तालाई संयमित रहन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले लेख्दै हालको आन्दोलनलाई जेनजीकै आन्दोलन भन्दै महत्वपूर्ण सन्देश दिएका छन्।
उनले भनेका छन्, “प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं–हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ।”
शाहले आगामी दिनमा देशको नेतृत्व जेनजी पुस्ताले नै गर्ने भएकाले त्यसका लागि तयार रहन पनि आग्रह गरे। साथै, उनले सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुपर्ने सुझाव दिँदै संसद् विघटन हुनु वार्ताको पूर्वशर्त हुने स्पष्ट पारेका छन्।
बालेन शाहको आह्वानलाई आन्दोलनरत युवाहरूको भावी कदममा प्रभाव पार्ने संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया