एमालेले जारी गर्यो अपानी, आन्दोलनमा संलग्न नेता कार्यकर्तामाथि कारबाही गर्ने

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौँ : नेकपा (एमाले)ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न आफ्ना नेता–कार्यकर्तामाथि कारबाही गर्ने घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानी मार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

अपानीमा भनिएको छ, “जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी वा लुटपाटमा पार्टी वा पार्टीसम्बद्ध जनसङ्गठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित कमिटी र सङ्गठनले पार्टी विधानअनुसार आवश्यक कारबाही गर्नेछ।”

त्यस्ता घटनामा संलग्न सदस्यमाथि गरिएका कारबाहीबारे १५ दिनभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन पनि अपानीमा दिइएको छ।

यस्तो छ अपानी :-

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार