सुरक्षा निकायका प्रमुखहरूको आह्वान : ‘शान्तिपूर्ण समाधान निकालौं’

मंगलबार, २४ भदौ २०८२

काठमाडौं : प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा निकायका शीर्ष पदाधिकारीहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिइसकेको परिस्थितिमा मुख्य सचिव, गृह सचिव, प्रधानसेनापति, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाल प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं।”

आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार