काठमाडौँ : जेनजी आन्दोलनपछि देशभरका २५ भन्दा बढी कारागारबाट करिब १० हजार कैदीबन्दी फरार भएको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका सूचना अधिकारी सन्देश जोशीका अनुसार डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी, धादिङलगायत जिल्लाका कारागारमा ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। काठमाडौँको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारबाट समेत कैदीबन्दी भागेका छन्।
यस क्रममा डिल्लीबजार कारागारमा आगजनी गरी भाग्न खोजेका कैदीबन्दीलाई भने सेनाले नियन्त्रणमा लिएर अन्यत्र सारिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सुरक्षाकर्मीले विभिन्न ठाउँमा नियन्त्रण पनि लिएका छन्।
प्रतिक्रिया