गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔँ : नेपाली कांग्रेस

शुक्रबार, १७ असोज २०८२

काठमाडौँ । नेपाली काँग्रेसले प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरू र नागरिकलाई सजग रहन अपिल गरेको छ ।

गत वर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै काँग्रेसले पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले  सडक यात्रामा रहेका यात्रुहरूलाई मार नपर्ने गरी काम गर्न आव्हान गरेका छन् । ‘सडक बन्द गरिँदा र बाढी पहिरोले सडक अवरुद्ध हुन पुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौँ, गराऔँ,’ पौडेलले अपिलमार्फत भनेका छन् । 

Photo (1) (23)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार