कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न महरको प्रस्ताव

विहीबार, २० कार्तिक २०८२

काठमाडौं – नेपाली कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।

पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला महरको यो प्रस्ताव आएको हो । उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ । उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन् ।

यो प्रस्तावले पार्टीको आन्तरिक पुनर्संरचना र पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार