काठमाडौं। सशस्त्र प्रहरी बलले शुक्रबार सांझ देखिनै काठमाडौंका विभिन्न ठाउँमा पट्रोलिङ तथा माइकिङ शुरु गरेको छ।
सम्भावित मनसुनजन्य विपद्लाइ मध्यनजर गर्दै शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी बनस्थली लगायताका स्थानमा पट्रोलिङ तथा माइकिङ गरेको हो।
सशस्त्र प्रहरी बलले विशेषगरि खोला किनार तथा डुबान हुनसक्ने ठाउँहरुको पहिचान गरि त्यस्ता ठाउँका बासिन्दाहरुलाइ सुरक्षित रहन र तत्काल उद्दारको लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा तत्काल फोन गर्न समेत माइकिङ मार्फत सुचित गरेको छ।
यसै गरि सम्भावित जोखिम न्यूनीकरणका लागि र विपद् उद्दारका लागि सशस्त्र प्रहरी बलले देशभरिका युनिटलाइ आवश्यक श्रोत साधन सहित तयारी हालतमा राखेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटमा आवश्यक तयारी अवमा रहन निर्देशन दिएका छन्।
अहिले सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्दार तालिम प्राप्त जनशक्ती, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल, एम्बुलेन्स सबै तयारी हालतमा राखिएका छन्।
प्रतिक्रिया