महोत्तरी बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

शुक्रबार, १७ असोज २०८२

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा भएको यात्रुवाहक बस दुर्घटनामा गम्भीर घाइते भएका यात्रुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौं पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका थिए।

यस्तै, सेनाले आजै सुदूरपश्चिमको कर्णाली नदी चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव पनि उद्धार गरी नेपाल प्रहरीले जिम्मा लगाएको जनाएको छ। शव सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको टोलीले स्थानीय र अन्य सुरक्षा निकायको सहयोगमा फेला पारेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार