कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

बुधबार, १९ कार्तिक २०८२

सिरहा। सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् । स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

यस अवसरमा सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका र विष्णुपुर गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । स्थानीय तहहरूले पूर्णिमा स्नान र ‘भूत मेला’ (देवता मेला) को धार्मिक परम्पराको संरक्षण तथा सहभागिताको लागि विदा दिएको जनाएका छन् ।

मेलाको समयमा नदी किनारमा भजन–कीर्तन, नृत्य र विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । मेलालाई जिल्लाको प्रमुख धार्मिक धरोहरका रूपमा मानिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार