सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

विहीबार, २० कार्तिक २०८२

काठमाडौं । नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।

तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नंम्बर १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सुचनामा मार्फत जनाइएको छ । साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर गग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ ।

‘सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ । उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल–उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

कामपा साविक वडा नं २९ र हाल वडा नं २६ लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा स्काउट र खड्का ल्यान्डका बिच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो । २०७५ मा सम्झौता अबधि सकिएको थियो । स्काउटले सम्झौता अवधि सकिएको भन्दै खड्काको कम्पनीलाई जग्गा छाड्न भनेपनि उसले अटेरी गर्दै आएका थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार