नेकपा एमालेद्वारा बिर्तामोडका  तीन स्थानबाट ¥यालीसहितको जागरण सभा सुरु

शनिबार, २९ कार्तिक २०८२

झापा ।  प्रतिगामी षड्यन्त्रका विरुद्ध र विघटित प्रतिनिधिसभाको पुनः स्थापनाको मागसहित नेकपा ९एमाले० जिल्ला कमिटी झापाले आज बिर्तामोडका तीन अलग–अलग स्थानबाट शान्तिपूर्ण ¥याली निकालिएको छ । ¥याली बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भएको  छ । 

दिउँसो १२ः४५ बजे बिर्तामोड–१ स्थित पश्चिम स्टेण्डबाट राष्ट्रिय सभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा ¥याली सुरु भएको थियो । ¥याली  जिल्ला इन्चार्ज रोमनाथ ओली, विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्तासहित सभा स्थलमा पुगेको थियो । 

¥यालीमा सहभागीले ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’, ‘विघटित प्रतिनिधिसभा पुनस्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’ , ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’, ‘नेकपा एमाले जिन्दाबाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’, ‘वीर सहिदहरू अमर रहुन्’ जस्ता नारा लगाएका थिए । ¥याली मुक्ति चोक हुँदै सिटी सेन्टर पुगेर सभामा परिणत भएको हो । 

त्यस्तै सोही समयमा बिर्तामोड–४, भद्रपुर रोडस्थित नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को ¥याली सुरु गरिएको थियो ।

पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजवंशी सहित एमालेका नेता तथा  कार्यकर्ता ¥यालीमा सहभागी थिए । 

यता बिर्तामोड–५ स्थित शनिश्चरे रोड ट्याक्सी स्टेण्डबाट तेस्रो ¥याली सञ्चालन गरिएको थियो। पार्टी स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलको नेतृत्वमा, केन्द्रीय सदस्य रबिन कोइराला सहितका नेता तथा  कार्यकर्ता ¥यालीमा सहभागी थिए । 

¥याली मुक्ति चोक हुँदै सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भएको छ । अहिले सो सभामा केन्द्रीय नेतृत्व सहितका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार