ट्याली सफ्टवेरको बिर्तामोडमा प्रयोगकर्ता भेटघाट, ‘निर्माण नेपाल प्रालि’ विशेष सम्मानित

शनिबार, २९ कार्तिक २०८२

झापा : ट्याली सफ्टवेर उत्पादन गर्ने कम्पनीले आफ्नो ३९औँ वार्षिकोत्सव ‘३९औँ फाउण्डर डे – लेगेसी अफ ट्रस्ट’ झापाको बिर्तामोडमा विविध कार्यक्रमसहित मनाएको छ। सो अवसरमा आयोजित प्रयोगकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा झापाका पुराना तथा सक्रिय प्रयोगकर्तालाई सम्मान गरिएको छ।

कार्यक्रममा निर्माण नेपाल प्रालिलाई विशेष सम्मान प्रदान गरिएको थियो। उक्त प्रालिका सञ्चालक विवेक गुप्तालाई ट्याली सफ्टवेरका तर्फबाट सम्मान गरिएको हो। सम्मान कार्यक्रम आइडियल अकाउण्टिङ सोल्युशन प्रालि तथा ट्याली सोल्युशन प्रालि, कोशी प्रदेशका आधिकारिक विक्रेता राजनारायण साहको संयोजनमा सम्पन्न भएको थियो।

समारोहमा ट्याली कम्पनीका कन्ट्री हेड मनु राज, नेपालका लागि एसोसिएट बिजनेस म्यानेजर अभिषेक साह, तथा कोशी प्रदेशका आधिकारिक विक्रेता राजनारायण साहले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा ट्याली सफ्टवेरको अनधिकृत (क्र्याक) भर्सन प्रयोग गर्दा हुने जोखिम, डेटा क्षति सम्भावना, सुरक्षा चुनौती तथा व्यवसायिक लेखापरीक्षणमा पर्न सक्ने नकारात्मक असरबारे प्राविधिक प्रस्तुति गरिएको थियो। प्रयोगकर्तालाई रजिस्टर्ड भर्सन मात्र प्रयोग गर्न आग्रह गर्दै कम्पनीले सेवा गुणस्तर र सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्यो।

कार्यक्रमका संयोजक साहका अनुसार कोशी प्रदेशमा करिब ३ हजार र झापामा मात्र दुई सयभन्दा बढी ट्याली प्रयोगकर्ता रहेका छन्।

भेटघाट कार्यक्रममा व्यवसायी, विद्यालय सञ्चालक, प्राविधिक तथा लेखापरीक्षण क्षेत्रका विज्ञहरूको सुझावसमेत लिइएको थियो। सहभागीमध्ये व्यवसायी मनिष धानुका, गुणराज अधिकारी, प्रमोद अग्रवाल, प्रज्ज्वल विमली, जितेश शर्मा, सन्तोष गुप्ता, विद्यालय सञ्चालक शरद जोशी, र सीएहरू सुशील अग्रवाल, गंगाराम बस्नेत, डिम्पल अग्रवाल, राहुल साहेवाला, अमित अग्रवाल, मनिष श्रेष्ठ, तथा आरए खड्गनारायण राजवंशी लगायत उपस्थित थिए।

ट्याली सफ्टवेरका प्रतिनिधिहरूले आगामी दिनमा प्राविधिक सेवा, अपडेट, सपोर्ट तथा प्रशिक्षणलाई अझ व्यवस्थित र गुणस्तरीय बनाइने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार