काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेलको मूल्य ३ रुपैयाँले बढाइएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
भारतीय आयल निगमबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएको थियो।
तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपाल आयल निगमले मूल्य वृद्धि सीमित गर्दै पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्र वृद्धि गरेको जनाएको छ।
प्रतिक्रिया