पाँचथर : इलाम पाँचथर सीमावर्ती गोरुवाले भन्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
इलामको माइमझुवादेखि पाँचथरको लुङरुपा तर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आ“उदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सीमावर्ती गोरुवाले भन्ज्याङ भीरबाट नजिक पल्टेको थियो ।
शनिवार राती भएका दुर्घटनामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोही ट्याक्टरका सह चालक सोमबहादुर राई (पञ्चे)को घटनास्थलमै ज्यान गएको हो ।
घटना पछि चालक फरार छन भने दुई जना घाइते भएका छन । उनीहरूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
प्रतिक्रिया