धरानमा हवाई फायर गरी एक सय १५ केजी गाँजा बरामद

मंगलबार, २९ साउन २०८१
इटहरी (डेस्क) : धरानमा हवाई फायर गरी एक सय १५ केजी गाँजा बरामद गरिएको छ । मंगलबार (आज) धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो । धरान १५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख, एसपी विपिन रेग्मीले जानकारी दिए । पानबारीतर्फ जाँदै गरेको भारतीय कार चेक जाँचका क्रममा प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी कारसहित गाजा नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले कारलाई रोक्न प्रयास गर्दा तीव्र गतिमा अगाडि बढेपछि प्रहरीले पछ्याउँदै जाँदा ३५ मिटर पर कार छाडेर चालक जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ । कार चेकजाँच गर्दा अवैध लागूऔषध गाँजा प्लाष्टिकको पाँच वटा बोरामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाडी छाडेर चालक तत्काल फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार