झापामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

बुधबार, ३० साउन २०८१
झापा : झापामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुने पुरुषको तत्काल पहिचान भएको छैन । अन्दाजी ३५ वर्षीय ती पुरुष दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार