झापा : झापामा कटुवा पेस्तोलसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कुखुराको खोरभित्र लुकाइछिपाई राखेको एक थान कटुवा पेस्तोलसहित झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार अवैध रूपमा हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पेस्तोलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया