भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको हो ।

घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको हो । उनीहरुलाई उद्धार गरेर उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो ।

आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो । सो क्रममा आज दुई जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार