संसद् पुनर्स्थापनाका लागि कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

आइतबार, २३ कार्तिक २०८२
तस्बिर : फाइल

काठमाडौँ :  कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर अभियान सुरु गरेको छ।

तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेका अनुसार केन्द्रीय कार्यसमितिको जारी बैठकमा पेश गर्नका लागि विघटित प्रतिनिधि सभाका आफ्ना सांसदहरूको हस्ताक्षर गरिएको हो।

उनले कांग्रेसले अहिलेसम्म संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेको अवस्थामा केन्द्रीय कार्यसमितिको बैठकबाट पुनःस्थापनाको निर्णय गर्न हस्ताक्षर बुझाउन लागिएको जानकारी दिए।

यसअघि एमालेले पनि आफ्ना सांसदहरूको हस्ताक्षर गराएको थियो। एमाले भने औपचारिक रुपमा संसद् पुनःस्थापनाको पक्षमा उभिएको छ।

जेन–जी आन्दोलनपछि गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। संसद् विघटन गर्दै फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरिएको छ।

हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाउने र पार्टीले सामूहिक रूपमा निर्णय गर्ने घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार